३० फागुन ,गोरखा । प्रहरीले अवैध रुपमा काठमाडौं बेच्न लैजादै गरिएको जडिबुटीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङ रहेका छन् ।प्रहरीले उनको साथबाट ४० केजी चिराइतो र ७० केजी अल्लो जातको जडिबुटीसहित बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागी आइतवार डिभिजन वन कार्यालय पठाइने प्रहरी कार्यालयका गोरखाका प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले बताए । उनका अनुसार गुरूङले उक्त जुडिवुटी गाउँका स्थानीयबाट संकलन गरेका थिए ।
अवैध जडिबुटी चिराइतोसहित एकजना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
३
तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’
२०८३ असार १२ गते , शुक्रबार
५
६
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
सम्बन्धित खवर
Advertisment



