Comments Add Comment

Advertisment

SKIP THIS

आँखामा खुर्सानको धुलो हालेर सुन पसल लुटने दुई जना लुटेरा पक्राउ

३० फागुन,काठमाडाै । काठमाडौंको चुच्चेपाटीमा सुन पसलेलाई
आँखामा खुर्सानको धुलो हालेर सुन लुटेको समुहलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

एसपी मैनालीका अनुसार चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसलका संचालक भारतीय नागरिक आमोल भोस्ले लुटिएका हुन् । फागुन २५ मा साँझ आठ–दश जनाको समूहले घेरेर ४३ तोला सुन र १२ लाख नगद लुटेको पसल संचालकले दाबी गरेका छन् ।

सुन पसल लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । दाङबाट पक्राउ गरिएका ठकुरीको साथबाट प्रहरीले २ सय ६१ ग्राम सुन बरामद गरेको एसपी मैनालीले बताए ।

लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो । काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी बस्ने भोस्ले पसल बन्द गरेर नगद तथा सुन बोकेर घरतर्फ जाँदै थिए । पसलबाट पिछा गरेर लुटेरा समूहले चुच्चेपाटी स्थित एनआइसी एसिया बैंक पछाडी उनलाई लुटेका हुन् । सुन लुट्न राजेन्द्र ठकुरी दाङबाट रा.४प ११६० नम्बरको पल्सर मोटरसाइकल लिएर काठमाडौं आएका थिए ।

लुटेराले ७४ लटको ९५६० नम्बरको अपाच्य मोटरसाइकल पनि प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटेराहरुले चार दिनसम्म चावहिल स्थित एउटा क्याफेमा बसेर निगरानी गरेर व्यापारीलाई लुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै