Comments Add Comment

Advertisment

SKIP THIS

यू–१८ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै

१ चैत , काठमाडौ । यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज ९मंगलबार० नेपालले आयोजक भारतको सामना गर्ने भएको छ ।

भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा दुबै टोली एक अर्कालाई हराएर सुखद सुरुआत गर्न चाहन्छन् । नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशसँग, मार्च २१ मा पुनहस् भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको मात्रै सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै