Comments Add Comment

Advertisment

SKIP THIS

डीएसपी नरेन्द्र कुँवर एक नम्बर प्रदेश भरिकै सर्वोत्कृष्ट प्रहरी घोषित

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । सर्वोकृष्ठ प्रहरी घोषित हुनेमा ईलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर रहेका छन् ।

डीएसपी कुँवरले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् ।

साथै धरान ४ स्थित कोशी राजमार्ग जंगलमा पुरूष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टिएको र सडीगली रहेको अवस्थामा फेला परेको घटनाको उत्कृष्ट अनुसन्धान गरी मृतकको पहिचान खुलाउन सफल भई उक्त घटनामा संलग्न प्रतिवादीहरु तथा अन्य विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

त्यस्तै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले डीएसपी कुँवरले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै उनलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै