Comments Add Comment

Advertisment

SKIP THIS

एमालेको पोलिटब्युरो बैठक बस्दै : यी विषयमा हुँदैछ छलफल

७ चैत , काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ ।

कार्की बैंक्वेट बबरमहल काठमाडौँमा बिहान ११ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ।

साथै समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुने पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन्।

यही चैत ९ र १० गते काठमाडौँमा तय भएको केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो । यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो ।

त्यसैगरी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट भई जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीबाट भई सोबारे प्रदेश कमिटीले निर्णय गर्ने सचिवालयको निर्णय छ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयनको सिफारिश जिल्ला र प्रदेश कमिटीले गर्ने र सोबारे केन्द्रले निर्णय गर्ने सचिवाललयको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै