Comments Add Comment

Advertisment

SKIP THIS

बर्दिबासमा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ

११ चैत , काठमाडौं । बर्दिबासबाट लागूऔषधसहित बर्दिबासबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङगवा नगरपालिकाका २२ वर्षीय मुकेश साहलाई पक्राउ गरेको हो ।

तीनै जनाको साथबाट प्रहरीले डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान म्पुलसहित १०५ थान एम्पुल बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment