Comments Add Comment

Advertisment

SKIP THIS

उत्कृष्ट काम गर्ने दाङका दुई डिएसपी र एक इन्स्पेकटर सहित छ जना प्रहरी कर्मचारी पुरस्कृत

११ चैत , काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङका दुई जना डिएसपी सहित छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । रुकुम पश्चिम बाँफीकोट ९ घर भई हाल तुलसीपुर ४ नयाँबस्ती बस्दै आएका २४ बर्षिय जनक देवकोटालाई अपहरण गरिएको र ५० लाख फिरौती माग गरेको घटनामा सहि अनुसन्धान र प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजाल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याल, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक ह्रदेश सापकोटा, लुम्बिनी प्रदेश कार्यालय दाङका प्रहरी सहायक निरीक्षक युवराज गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी हवल्दार देव बहादुर विक र प्रहरी चौकी दुईखोलीका प्रहरी जवान गोपिलाल चौधरीलाई नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी प्रमुख सुरेस प्रसाद काफलेले बताएका छन ।

एसपी काफ्लेका अनुसार क्रमश उनीहरुलाई एक हजार पाँच सय, एक हजार दुई सय, एक हजार, आठ सय र सात सय रुपैयाले पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै