Comments Add Comment

Advertisment

SKIP THIS

वीर अस्पतालमा आनुवंशिक रोगको निःशुल्क उपचार हुदैँ

१५ चैत , काठमाडौं । वीर अस्पतालमा अबदेखि रगतजन्य आनुवंशिक रोगको निःशुल्क उपचार हुने भएको छ।

सोमबार एक कार्यक्रम गरी अस्पतालले रगतजन्य अनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवा थालिएको जानकारी गराएको हो।

वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले रगत र रगतसँग सम्बन्धित रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको र आगामी दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने हुने जानकारी दिए।

हेमाटोलोजीष्ट डा. निरजकुमार सिंहकाअनुसार नेपालमै पहिलोपटक हो। यससँगै यस अस्पतालमा हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार हुनेछ। साथै यससम्बन्धी सामान्य परीक्षण निःशुल्क हुनेछ।

आनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवाका लागि सरकारले एक करोड ५० लाख रकम विनियोजन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै