Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुर मेयरमा माओवादीको दावी

१६ चैत , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुको दावी रहेको बताएका छन् ।

चितवनका काँग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

बुधबार चितवन आइपुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ । भोलि हामी गठबन्धनको बैठक बस्दैछौँ । सम्भवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ। भरतपुर चितवनमा हाम्रो दावी छँदैछ ।’

बिहीबार सत्ता साझेदार दलको बैठक बस्दैछ । उक्त बैठकमा भरतपुर महानगरको विषयमा तालमेलको निर्णय हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै