Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने

१८ चैत , काठमाडौं । चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको दुरी करीब ६५ देखि ७० किलोमिटर हुने प्रतिष्ठानले जनाएको छ ।

म्याराथनमा तीन विधामा प्रतिस्पर्ध हुनेछ । इलाइट महिला र पुरुष, मास्टर महिला र पुरुष, र भरतपुर विशेस अन्तर्गत चितवन जिल्लाका मात्र महिला पुरुषले सहभागिता रहने छ । नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको बिभिन्न भित्रि सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने प्रतिष्ठानकी निर्देशक गंगा दाहालले जानकारी दिए ।

प्रतियोगिताका विजेता खेलाडीले इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै