Comments Add Comment

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थ अभावको त्रासले पम्पहरुमा भिड

१९ चैत , काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने त्रासका कारण पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड बढेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् ।

ढुवानी ठप्प भएसँगै पेट्रोल अभाव हुने डरले पम्पहरुमा उपभोक्ताको भिड बढेको हो । काठमाडौं उपत्यकासहित देशभरका पम्पहरुमा आज बिहानैबाट उपभोक्ता लाइन बसिरहेका छन् । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरे पनि व्यवसायीले भने ढुवानी ठप्प बनाएका छन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतका विभिन्न माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोडरअनलोड नै बन्द गरेका छन् ।

उक्त समस्या समाधान गर्न आयल निगमले छलफल सु्रु गरेको छ । समस्या समाधानका लागि प्रयास जारी रहेको बताउँदै निगमका प्रवक्ता विनितमणि उपाध्यायले आज दिनभरीमा निकास निस्किने बताए । देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न आग्रह गरिएको उनले जानकारी दिए । डिपो खुला राखे नराखेको बारेमा निगमले अनुगमन गरिरहेको उपाध्यायको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै