Comments Add Comment

Advertisment

SKIP THIS

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२ असार, काठमाडौ । स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान भिरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङठाटीमा बानेथोकबाट बयारघारीतर्फ आउँदै गरेको ग १ ज ४०४० नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार जीप आफैं अनियन्त्रित भएर सडकबाट ५ मिटर तल खसेको थियो। दुर्घटनामा परी भिरकोटका ३६ वर्षीय गणेशजंग अधिकारीको उपचारको क्रममा भिरकोट नगर अस्पतालमा मृत्यु भएको थियो। जीपका चालकसहित ६ जना घाइते भएका छन्।

३० वर्षीय चालक मनु भन्ने विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रूकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र पुतलीबजार नगरपालिकाका २४ वर्षीय दिनेश परियार घाइते छन्।

उनीहरूको थप उपचारको लागि पोखरामा रिफर गरिएको छ। ‍

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment