Comments Add Comment

Advertisment

SKIP THIS

आचारसंहिता छिट्टै कार्यान्वयन गर्ने प्रक्रियामा छौँ : प्रमुख निर्वाचन थपलिया

२२ चैत , काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको आचारसंहिता छिट्टै कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाइएको बताएका छन् ।

आज आयोगमा दलका नेताहरूसँग आचारसंहिताबारे छलफल गर्दै उनले आचारसंहिता छिट्टै कार्यान्वयन गर्ने प्रक्रियामा रहेको जानकारी दिएका हुन् ।

उनले भने, “आचारसंहिता छिट्टै कार्यान्वयन गर्ने प्रक्रियामा छौँ । निर्वाचनको सकारात्मक भ्राइबेसन ल्याउन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नोस् भनेका हौँ । ७९ दल निर्वाचनमा होमियो भन्ने सन्देश जान्छ ।”

आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलसँग आयोगमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै