Comments Add Comment

Advertisment

SKIP THIS

देशभरको मौसममा सामान्य बदली

२७ चैत , काठमाडौं । स्थानीय तथा पश्चिमी वायुको प्रभावले देशभरको मौसममा सामान्य बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँलगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

हाल प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै