Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरको मनहरीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ

७ चैत , काठमाडौं । मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो ।

चितवनबाट हेटौंडा आउँदै गरेको बा८ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा सवारले झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै