Comments Add Comment

Advertisment

SKIP THIS

राम नवमीमा हिंसापछि कर्फ्यू : मध्यप्रदेश

२८ चैत , काठमाडौं । रामनवमीको अवसरमा मध्य प्रदेशको खरगोनमा भएको हिंसापछि कर्फ्यू लगाइएको छ । प्रहरीका अनुसार रामनवमीको मौकामा निकालिएको शोभा यात्रामा ढुङ्गा फ्याँकिएको थियो जसका कारण हिंसा भड्कियो र वरिपरिका केही घर र गाडीलाई जलाइयो ।

इलाकामा तनावका कारण आइतबार र सोमबार राती कर्फ्यू लगाइएको छ । खरगोनका कलेक्टर अनुग्रह पीले मानिसलाई स्वास्थ्य सम्बन्धी आवश्यकताका लागि मात्रै घर बाहिर निस्कनका लागि आदेश दिएका छन् । उनले अब स्थिति नियन्त्रणमा भएको बताएका छन् ।

कलेक्टरले सोसल मिडियामा खरगोन हिंसासँग जोडिएको आपत्तिजनक सन्देश र भिडियो सेयर गरिरहेका छन् उनीहरुविरुद्ध कडा कारवाही गरिने चेतावनी दिएका छन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार खरगोन एसपी सिद्धार्थ चौधरी र दुई अन्य प्रहरी अधिकारी ढुङ्गा हानाहानमा घाइते भएका थिए ।

अर्कोतर्फ बंगालमा बिजेपी नेता शुभेन्दु अधिकारीले पनि हावडाको शिवपुरमा राम नवमीको मौकामा शोभा यात्राका बेला हावडा प्रहरी कन्स्टेबल र अधिकारीले लाठी बर्साएको भन्दै ट्वीट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै