Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष ओलीले भने ‘निर्वाचन सार्ने षड्यन्त्र भइहेको छ’

२९ चैत , काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षड्यन्त्र भइहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीलाई अघि सारेर निर्वाचन सार्ने षड्यनत्र भइहरको उनले बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेस साभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

उनले कुनै पनि हालतमा चुनाव सार्नु मान्य नहुने चेतावनी दिए । अध्यक्ष ओलीले विप्लवलाई एमालेको सूर्य चिन्हबाट नावमा उठ्न आग्रह गरे । ‘अहिले पनि चुनाव सार्ने कोसिस गरेका छन् । विगतमा पनि स्थानीय तह रिक्त गराउने शेरबहादुरजी नै हुनुहुन्थ्यो २०५९ कै जस्तो अवस्था फेरि नहोस् । उहाँले देशलाई प्रतिगमनमा पुर्‍याएको रेकर्ड छ । तर शेरबहादुर, प्रचण्ड, माधव चुनाव रोक्न लाग्नु भएको छ ।’ उनले भने ।

चुनाव सर्ने अस्त्रको रुपमा विप्लवलाई देखाउन खोजेको ओलीले बताए । ‘यसका लागि विप्लवलाई देखाउन खोज्नुभएको छ म अहिले विप्लवजीलाई भन्छु तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रमा नलाग्नुहोस् । तपाईंलाई षड्यन्त्रकारी नेता होइन तर षड्यन्त्रको सिकार हुँदै हुनुहुन्छु’ ओलीले भने, ‘विप्लवजीलाई भन्न चाहन्छु चुनावमा स्वतन्त्र ढंगले भाग लिनुहोस् । सूर्य चिन्हबाट चुनाव लड्नुहोस्, जित्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै