Comments Add Comment

Advertisment

SKIP THIS

सरकारका विवादित निर्णयमा कांग्रेस बैठकमा असन्तुष्टि

०१ बैशाख , काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकमा सरकारका विवादित निर्णयमा नेताहरुले प्रश्न उठाएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको निलम्बन, नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्ति तथा बिग्रँदो अर्थतन्त्रका विषयमा नेताहरूले धारणा राखेका थिए । टेलिकमको प्रबन्ध निर्देशक विवादित व्यक्ति भएको प्रति महामन्त्री विश्वप्रकाश शर्माले विचार राखेका थिए । ‘ओली सरकारका बेला उतै पनि मिलनसार, अहिले यतै मिलनसार, व्यक्ति योग्य र प्रोफेसनल भएर यस्तो भएको हो कि महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले गलत प्रश्न उठाएको हो रु’ बैठकमा शर्माले प्रश्न गरे,’कर्मचारीले उठाएका प्रश्न नजरअन्दाज गर्नु सही भएको छ ?’

शर्माको प्रश्नलाई तत्कालै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छानिएको भन्दै कार्कीले बचाउ गरेका थिए । कार्कीको बोली उधृत गर्दै एक नेताले भन्नुभयो, ‘गोल्ड मेडलिस्ट व्यक्ति हो । मेरो नाता सम्बन्ध भएर छनोट गरिएको होइन । खुला प्रतिस्पर्धाबाट छानिएको हो ।’

स्थानीय तहको निर्वाचनको लागि घोषणापत्रमा सुझाव संकलनका लागि डाकिएको बैठकमा मुख्यतः घोषणापत्रमै छलफल भएको सहमहामन्त्री भीष्म आङदेम्बेले जानकारी दिनुभयो । अर्थतन्त्रमा देखिएको समस्याको निराकरणका लागि आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउने विचार राखेको आङदेम्बेले बताउनुभयो । अर्थमन्त्रीको कार्यक्षमतालाई लिएर केही नेताले असन्तुष्टि व्यक्त गरेका थिए । ‘अर्थतन्त्रमा चुनौती बढेका बेला वृहत्तर समन्वय जरुरी थियो ।’ महामन्त्री शर्माले बैठकमा प्रश्न गर्नुभयो, ‘गभर्नर निलम्बनमै पुग्नुपर्ने गरी त्यस्तो गम्भीर र बाध्यात्मक विषय थियो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै