Comments Add Comment

Advertisment

SKIP THIS

टिभिएसको एक्स्चेन्ज मेला सम्पन्न: ललितपुरको युनिराइड अटो प्रालि सर्बोत्कृष्ट बन्न सफल

काठमाडौंको भृकुटी मण्डपमा टिभिएसको एक्स्चेन्ज मेला सम्पन्न भएको छ । चैतको २९ देखि वैशाख ३ गतेसम्म चलेको मेलामा ८ सय भन्दा बढी टिभिएस मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन् । पुराना मोटरसाइकल तथा स्कुटरको सट्टामा ग्राहकले विशेष छुटमा नयाँ टिभिएस खरिद गर्ने अवसर मेलामा प्राप्त गरेका थिए ।

मेलामा टिभिएसका २० वटा डिलरले सहभागिता जनाएका थिए । मेलामा राखिएका स्टलहरु मध्ये ललितपुरको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटो प्रालिले सबैभन्दा बढी टिभिएस बिक्री गर्न सफल भएको जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए ।

निर्मल सिङ्देका अनुसार ”रीजनल मेनेजर केशव कार्की युनि राईड टिमको अथक मेहेनत, प्रयास र सकारात्मक सोच प्रती आफू निकै हषिर्त भएको बताए ।”

५ दिने मेलामा ८ सय भन्दा बढी टिभिएस बिक्री हुनुले २ पाँग्रे सवारी बिलासिता नभई सर्वसाधरणका लागि अति आवश्यक साधन रहेको पुष्टि भएको टिभिएसको बिक्रेता जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले बताए । मेलामा सहभागी भई वर्षेनी सर्बोत्कृष्ट बन्न सफल हुँदा खुसी लागेको युनिराइडका प्रवन्ध निर्देशक सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै