०८ बैशाख , काठमाडौं । नेपाल पत्रकार महासंघले ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेले महासंघको सदस्यता त्याग्न आग्रह गरेको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ ।








