Comments Add Comment

Advertisment

SKIP THIS

झुम्का कारागारमा झडप : २५ कैदी घाइते

१० वैशाख , काठमाडौ । सुनसरीको झुम्कास्थित प्रादेशिक कारागारमा बुधबार झडप भएको छ। झडपमा २५ जना कैदी घाइते भएका छन्।घाइतेमध्ये पाचँ जनाको अवस्था गम्भीर छ।

कारागारका जेलर प्रदीप शाहका अनुसार कारागारको ‘बी ब्लक’मा रहेका कैदीबीच चौकीदार कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो।झडपमा घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ।अन्य २० जनाको कारागारमै उपचार भइरहेको जेलर शाहले जानकारी दिनुभयो।

कारागारको बी ब्लकका चौकीदार खड्गबहादुर राई र ए ब्लकका जोन नाल्बो लिम्बू मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गत सोमबार पक्राउ गरेको थियो।उनीहरुलाई पक्राउ गरेर रातारात अन्यत्र सरुवा भएपछि कैदी आक्रोशित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै