Comments Add Comment

Advertisment

SKIP THIS

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा पक्राउ

१४ बैशाख , काठमाडौं । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हल लाईनस्थित श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत पश्चिम बंगाल दार्जिलिङ रानीगन्ज पानसाली पञ्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका-३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ देवीगन्ज ग्राम पञ्चायत बस्ने २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

उनीहरूले क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भनि औषधि उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ईलाज सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै