Comments Add Comment

Advertisment

SKIP THIS

चुनाव चिह्न ‘लव’ : फरक एजेन्डा बोकेको फरक पार्टी चुनावी मैदानमा

१६ वैशाख , काठमाडौ । देशको राजनीतिमा विभिन्न दल विभिन्न एजेण्डा बोकेर क्रियाशील छन् । कोही गणतन्त्र पक्षधर छन् भने कोही राजसंस्थासहित हिन्दु राष्ट्रको एजेण्डा बोकेर राजनीतिमा सक्रिय छन् । यस्तैमा आमूल परिवर्तन ९एपी० मसिह पार्टी नेपाल पनि पृथक एजेण्डासहित स्थानीय तहको चुनावमा होमिएको छ ।

क्रिश्चियन धर्मावलम्बीको बाहुल्यता रहेको यो दलले काठमाडौं महानगरपालिका, पोखरा लेखनाथ नगरपालिका लगायत देशका करिब २५ नगरपालिकामा उम्मेदवार खडा गरेको पार्टीका अध्यक्ष पास्टर भरत गिरीले जानकारी दिए ।

२०७३ सालमा निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीमा १०७ सदस्यीय केन्द्रीय समिति छ भने ३३ जनाको सचिवालय छ । यो दलले देशभर रहेका करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी, ४० लाख दलित समुदाय र ५० प्रतिशत जनजाति समुदायलाई आफ्नो मुख्य आधार मानेको अध्यक्ष गिरीले बताए ।

कहाँ(कहाँ उम्मेदवारी ?
आमूल परिवर्तन मसिह पार्टी नेपालका तर्फबाट काठमाडौं महानगरपालिका सहित देशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । काठमाडौं महानगरपालिकामा प्रमुखका लागि सो पार्टीबाट रुपा सुवालले उम्मेदवारी दिएकी छन् भने पोखरा महानगरपालिका प्रमुखमा मुना बानियाँ, उपप्रमुखका लागि सो दलका कास्की जिल्ला अध्यक्ष पदम बहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका प्रमुखका लागि लोकेन्द्रबहादुर डंगोल र वराहक्षेत्र नगरपालिका प्रमुखका लागि भोलामान जिमीले उम्मेदवारी दिएको सो पार्टीले जनाएको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका प्रमुख पदमा सोम तामाङसहित केही वडामा पनि उम्मेदवारी दर्ता भएको अध्यक्ष गिरीले रातोपाटीलाई जनाए । उनका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका प्रमुखका लागि नेत्रबहादुर तामाङ र उपप्रमुख पदका लागि लक्ष्मी न्यौपानेले उम्मेदवारी दिएकी छन् ।

यीसहित देशका २५ हाराहारी स्थानीय तहका लागि आफ्नो दलले उम्मेदवार खडा गरेको गिरीको भनाइ छ ।

२०७४ को संघीय चुनावमा आएको मतअनुसार २२ औं स्थानमा

एपी मसिह पार्टी २०७३ सालमा स्थापना भएको अध्यक्ष भरत गिरीले रातोपाटीलाई बताए । २०७४ सालको संघ र प्रदेशसभा निर्वाचनमा ५९ जना उम्मेदवार उठाएको र उनीहरुले पाएको मतका आधारमा आफ्नो पार्टी ४९ दलमध्ये २२ औं नम्बरमा आएको उनको दाबी छ ।

२०७४ को स्थानीय तहको चुनावमा भने पार्टीले चुनाव चिह्न पाइ नसकेकाले केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको उनले बताए । सोही वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि पार्टीले गति लिएको उनको भनाइ छ ।

यस्तो छ जितको आकलन

सो दलका अध्यक्ष गिरीले तेह्रथुमको लालीगुराँस नगरपालिकामा दलको उपस्थिति राम्रो रहेको बताए, जहाँ पार्टीको तर्फबाट डेविड हाङ्ग मादेनले नगर प्रमुखको रुपमा उम्मेदवारी दिएका छन् । यस्तै नुवाकोटको बेलकोट गढी नगरपालिकाको वडा नम्बर ४ मा पनि संगठन बलियो भएकाले अन्य दलसँग कडा प्रतिस्पर्धा हुने उनले बताए । काभ्रेको पाँचखालमा २ वटा वडा जित्ने उनको दाबी छ ।

उनले भने, ‘अरु दलको चुनाव जित्ने आधार पैसा हो, हामी पैसा खर्च गर्न सक्ने अवस्थामा छैनौँ, धेरैमा एक कप चिया खुवाउन सकौँला । तर अरु पार्टीको मासुभात खाएर वा पैसा लिए पनि हामीलाई इमानदार पार्टीको रुपमा भोट हालिदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ छ ।’

उनले आफ्नो पार्टीको आधार भनेको देशभर रहेका ३० लाख क्रिश्चियन समुदाय, ४० लाख दलित समुदाय र देशमा रहेका ५० प्रतिशत जनजाति समुदाय रहेको दावी गरे ।

काठमाडौं महानगरकी उम्मेदवार सुवालको प्रतिबद्धता : सडक कुकुरलाई नपुङ्सक बनाउनेदेखि मगन्तेलाई कारवाही गर्नेसम्म एपी मसिह पार्टीको तर्फबाट काठमाडौं महानगरका प्रमुखका लागि उम्मेदवारी दिएकी रुपा सुवालले विभिन्न प्रतिवद्धता जनाएकी छन् । उनका प्रतिबद्धता यस प्रकारका छन्–

–महिला हिंसाको अन्त्य गर्नेछु

–काठमाडौं सहरमा भएको हरेक चोक र गल्ली–गल्लीमा फालिएको फोहोरको व्यवस्थापन गर्नेछु

–काठमाडौ सहरमा भएका भुस्याहा कुकुरहरूलाई सुई हानेर नपुङ्सक बनाई त्यसको बिगबिगीलाई रोकथाम गर्नेछु

–सडक र पेटीहरूमा नाबालक बच्चाहरुलाई धुलोमा छोडेर बच्चाको नाउँमा सर्वसाधारणबाट पैसा असुल्ने जोकोहीलाई कडाभन्दा कडा कारबाही गर्नेछु

–काठमाडौं महानगरपालिकाको प्रत्येक जनताको छोराछोरीहरूलाई स्वास्थ्य, शिक्षा सित्तैमा र वृद्धवृद्धा भएपछि महानगरपालिकाले नै गाँस–बास’कपासको व्यवस्थापन गर्नेछु

–एक घर एक रुख बिरुवाको व्यवस्थापन गर्नेछु

–विदेश पलायन भएका सबै महानगरवासी युवाहरुलाई घर फर्काइ क्षमता अनुसारको रोजगारको व्यवस्था गरी महानगरपालिकाको विकासमा दिनको २ घण्टा श्रमदान गर्न लगाउँछु ।

स्वर्ग जान चाहने र ईश्वरको डर भएको मान्छेमात्र इमानदार नेता हुन्छ :अध्यक्ष गिरी

हाल देशमा क्रियाशील ठूला राजनीतिक दलका नेता इमानदार नभएका कारण देशमा भ्रष्टाचार बढेको, विकास निर्माणको काम नभएको, जनताले सुख नपाएको अध्यक्ष गिरीको दाबी छ । क्रिश्चियन धर्ममा आवद्ध नेताहरु स्वर्ग जान चाहने र ईश्वरको डर मान्ने भएका कारण इमानदार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै