Comments Add Comment

‘हनी बनी’ बाट अलग भए अनमोल

१८ बैशाख , काठमाडौं । ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ आदि फिल्म पनि सम्झौता पछि छाडेका अनमोल केसीले दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘हनी बनी’ पनि छाडेका छन् ।

निर्देशक दिवाकर भट्टराईले अनमोल फिल्ममा नरहने खबर पुष्टि गरे । योसँगै फिल्मबाट मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएकी सारा सिरपाइली पनि फिल्ममा नरहने दिवाकर भट्टराई जानकारी गराए।

निर्देशक दिवाकर भट्टराईले सहमतिमै आफूहरू फरक बाटो लागेको जानकारी दिएका हुन् ।

दिवाकरका अनुसार अनमोल फिल्मको कार्यशालामा पनि केही दिन बसेका थिए । तर सुटिङ नजिकिँदै जाँदा उनले त्यो चरित्र निर्वाह गर्न सक्ने कुरामा शंका व्यक्त गर्न थालेपछि निर्माण टिम र अनमोलबीच फिल्म नगर्ने व्यवहारिक सहमति भएको हो ।

दिवाकरले फिल्ममा अनमोललाई प्रतिस्थापन गर्ने कलाकार पनि लगभग फाइनल भएको र कागजी सम्झौतापछि सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै