Comments Add Comment

Advertisment

SKIP THIS

प्रतिस्पर्धी रहेका धानुकले नवनियुक्त आईजीपी धिरज सिंहलाई बधाई दिए

१८ बैशाख , काठमाडौं । नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएपछि धिरजप्रताप सिंह नियुक्त भएपछि प्रतिस्पर्धी एआईजी रवीन्द्र धानुकले बधाई दिएका छन् ।

सरकारले सिंहलाई आईजीमा नियुक्त गरेपछि धानुकले सामाजिक सञ्जालमा बधाई भन्दै, ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको रुपमा सहकर्मी मित्र धीरजप्रताप सिंहलाई हार्दिक बधाई !

गरिमामय संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सकल दर्जालाई ऐक्यबद्ध गर्दै गतिशिल नेतृत्वको लागि शुभकामना ।’ लेखेका छन् ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आजैबाट अवकाश पाउँदैछन् । क्षेत्रीलाई आज दिँउसो ४ बजे प्रहरी प्रधान कार्यालयमा बिदाई कार्यक्रम आयोजना गरिएको छ ।

यससँगै धिरजको नियुक्तिसँगै एआईजीद्वय विश्व पोखरेल र सहकुल थापा भने अदालत जाने तयारी गरेको स्रोतले जनाएको छ । आज सार्वजनिक बिदा भएको हुनाले उनीहरुले कार्यालय खुलेको दिन अदालत जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै