Comments Add Comment

Advertisment

SKIP THIS

टर्किस अभिनेता अल्टन नेपालमा

२० बैशाख , काठमाडौं । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विदेशी सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिन सुरु गरेको छ ।

पर्यटन उकास्ने लक्ष्य राखिएको उक्त कार्यक्रमअन्तर्गत मन्त्रालयले सहकार्य गरेर विभिन्न सेलिब्रेटीहरुलाई निम्तो गरिरहेका छन् । मन्त्रालयकै निम्तोमा चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन सोमबार बेलुका नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टुरिजम रिभाइभल कमिटीका संयोजक राजाराम गिरीले अभिनेता अल्टनलाई स्वागत गरे । नेपाल भ्रमणमा आइपुगेका अभिनेता अल्टनले आफ्नो मुलुकमा नेपाल खुला रहेको सन्देश दिने रिभाइटल कमिटीको विश्वास छ । पर्यटन मात्र नभएर अन्य कुरामा समेत नेपाल खुला रहेको सन्देश दिनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।

कमिटीले एक वर्षको लागि कार्यक्रम तय गरेको छ । आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा विभिन्न मुलुकका विदेशमन्त्रीहरु र सेलिब्रिटीलाई पनि निम्तो दिइने तयारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै