Comments Add Comment

Advertisment

SKIP THIS

रेणुलाई भोट माग्दै सन्दीप क्षेत्रीले भने- दिदी : चिन्ता नगर्नुहोस् जित सुनिश्चित छ

२२ वैशाख, काठमाडौ । चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले गठबन्धनबाट भरतपुर महानगरको मेयरका उम्मेदवार रेणु दाहाललाई मतदान गर्न आग्रह गरेका छन् ।

गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कलाकार क्षेत्रीले पहिलोपटक मेयर हुँदा रेणुले गरेको विकासबाट प्रभावित भएको भन्दै पुनः मतदान गरेर जिताउन आग्रह गरेका हुन् ।

रेणु दाहाललाई दिदी भन्दै सम्बोधन गरेका क्षेत्रीले रेणु समग्र चितवनकै दिदीबहिनी रहेको समेत भन्न भ्याए ।

तिहारको भाइटिकामा लगाइने कहिल्यै नओइलीने मखमली माला, सप्तरङ्गी टिका र ओखरको प्रसङ्गसँग जोड्दै चेलीले माइतीको सुरक्षको लागि गर्ने कामना जसरी चितवनको नेतृत्व र सुरक्षा गर्ने रेणुसँग आग्रह गरे ।

क्षेत्रीले विकासका आधारमा भरतपुरमा रेणुको विकल्प नरहेको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै