Comments Add Comment

Advertisment

SKIP THIS

ताप्लेजुङमा वृद्ध आमाबुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२३ बैशाख , काठमाडौं । वृद्ध आमाबुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ–६ लेलेपमा आमाबुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका हुन् ।

लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बूलाई ७५ वर्षीय बुवा बृखबहादुर र आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार आइतराजले धारिलो हतियार प्रयोग गरी आमाबुवाको हत्या गरेका थिए । जाँडरक्सी खाएर झगडा गरी आमाबुवाको हत्या गरेको हुनसक्ने बताइएको छ ।

प्रहरीले हत्या आरोपित आइतराजलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै