२३ बैशाख , काठमाडौं । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँके बैजनाथ गाउँपालिका-३ बस्ने २३ वर्षीय कृष्ण प्रसाद रेग्मी र दैलेख नारायण नगरपालिका-९ बस्ने २४ वर्षीया दिपिका पुन रहेका छन् ।
भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१२ प १४९७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक रेग्मी र मोटरसाइकलमा सवार पुनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






