Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा १ सय ३६ जना कांग्रेस कार्यकर्ताद्वारा राजीनामा

२४ बैशाख ,काठमाडौं । नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले एकैसाथ राजिनामा दिएका छन् ।

भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेलसहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएको बताएका छन् ।

जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाइ छ ।

‘नेपाली कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा प्रस्तावक र महाधिवेशन प्रतिनिधि मीना खरेलको समर्थनले पौडेलको उम्मेद्वारी थप बलियो भएको महशुस गर्दै उहाँहरूको अबैधानिक कारबाहीविरुद्ध हामी महागनरभित्रका सदस्यहरूले राजीनामा पेश गरेका छौँ’ उनीहरूले संकलन गरेको हस्ताक्षरमा भनिएको छ ।

राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै