Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनमा सुँघेर धराप पत्ता लगाउने कुकुर विभूषित, देशको सेवा गरेको भन्दै जेलेन्स्कीद्वारा तक्मा प्रदान

२६ बैशाख , काठमाडौं । सुँघेर धराप पत्ता लगाउने कुकुरलाई देशको सेवा गरेबापत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आभूषण प्रदान गरेका छन् ।

पेट्रन नामक ज्याक रुसेल टेरियर जातको कुकुर र उनका मालिकलाई विभूषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता यस कुकुरले हालसम्म २ सय भन्दा धेरै धरापहरु सुँघेर पत्ता लगाएको बताइएको छ ।

युक्रेन भ्रमणमा रहेका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेटवार्ताका क्रममा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले कुकुरलाई तक्मा प्रदान गरेका हुन् ।

कुकुरका मालिक युक्रेनको जनसुरक्षा सेवामा कार्यरत मेजर मिहाइलो इलियेभ रहेको उनलाई पनि विभूषण प्रदान गरिएको रोयटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै