भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेकाpolice तर्फबाट उम्मेदवार बनेका दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
निर्वाचन आचारसंहिता लागू भएर मौन अवधिमा समेत मतदातालाई प्रभावित बनाउन राती हिँडेका दुई उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
स्थानीयले सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जेमा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका राजकुमार जोशी र वडा सदस्यका उम्मेदवार मनोज थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
‘१२ बजेको समयमा भ्यानसहित एमालेका उम्मेदवार आएका थिए, उनीहरु हामीकहाँ आएका थिए, हामीले मौन अवधिमा किन आएको भनी सोध्यौं, उहाँहरुले त्यत्तिकै आएको भने, अनि हामीले नियन्त्रणमा लियौं,’ कुटुञ्जेका एक स्थानीयले भने । स्थानीयका अनुसार उम्मेदवारसहितको टोली बा९ च ५३ ७५ नम्बरको भ्यान गाडीमा आएका थिए । उनीहरुलाई कटुञ्जेको त्वायना टोल र मिजार टोलबाट नियन्त्रणमा लिइएको थियो ।
भ्यानसहित आएका उनीहरु मतदातालाई प्रभावित बनाउनका लागि आर्थिक चलखेलको उद्देश्यसहित आएको स्थानीयले जनाएका छन् ।







