Comments Add Comment

Advertisment

SKIP THIS

विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने संयुक्त राष्ट्रसंघका महासचिवको भनाइ

२९ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन् ।

उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको तर युक्रेन र रुसबीच जारी द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताए ।

विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही न केही गर्नुपर्ने उनको भनाइ छ । विश्वका मुलुकहरूलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरू लक्षित गर्न उनले आग्रह गरे ।

उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको खाद्य सुरक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

अष्ट्रियाको राजधानी भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनेले सो कुरामा जोड दिएका हुन् ।

रुस युक्रेनबीच जारी द्वन्द्वका कारण इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै