३० बैशाख , काठमाडौं । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाता नामावलीमा नाम भएकाहरु आफ्नो मतदान केन्द्रमा गएर मत हाल्दै छन् ।
काठमाडौंको तार्केश्वर नगरपालिकाको वाड नम्बर ३ को मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति छ । ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीलाई लाइन नबसिकन मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामी पनि मतदानमा उत्साहजनक रुपमा सहभागी भएर मतदान गरिरहेका छन् । लौरो, ह्विलचियर र आफन्तको सहयोग लिएर उनीहरू आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।







