Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस उम्मेदवारको गाडीकाे ठक्करबाट एक जनाको मृत्यु

३० बैशाख , काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार जेके बाठाको गाडीले ठक्कर दिँदा ७ नम्बर वडाका ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ ।

मतदान केन्द्र स्थलगत निरीक्षणका लागि जाँदै गरेका बाँठा चढेको गाडीले मतदानका लागि जाँदै गरेका खत्रीको मृत्यु भएको हो । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै