२ जेठ , काठमाडौं । ओखलढुङ्गामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेको छ ।
चिशंखुगढी गाउँपालिका–३ को मतगणना गर्दा नेपाली कांग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेदवारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो । पुनः मत गणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि कांग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेका हुन् ।
मतपत्र च्यातिसकेपछि हाल मतगणना स्थगित भएको छ । प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार कााग्रेसका जिल्ला सचिव समेत रहेका राजकुमार ढुंगाना सहित तीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





