Comments Add Comment

Advertisment

SKIP THIS

धनकुटाको मेयरमा एमालेका चिन्तन तामाङ विजयी

०३ जेठ , काठमाडौं । धनकुटा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दिनेश राईलाई १४ मत अन्तरले पराजित गर्दै चिन्तन तामाङ मेयरमा निर्वाचित भएका हुन् ।

उनले ७ हजार ६ सय ६६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राईले ७ हजार ६ सय ५० मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा भीमादेवी खनालले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर विष्टलाई पराजित गरेकी छन् । उनले ७ हजार १ सय ९६ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै