Comments Add Comment

Advertisment

SKIP THIS

तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन

४ जेठ , काठमाडौँ । मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो ।

विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ-आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताए। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।

मंगलबार दिउँसो एमाले बाहेकका दलहरुले पत्रकार सम्मेलन गरेर मत गणनामा खटिएका कर्मचारीहरुलाई हटाउन र मतपत्रहरूको यथार्थ छानविन गरी पुनः मतगणनाको व्यवस्था मिलाउन माग गरेपछि एमालेले पुन गणना गर्न मानेको छैन । तर गठबन्धनका दलहरुले वडा नम्बर २ र १६ को पुन मत गणना हुनुपर्ने माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर मतगणना अघि बढाउन खोजेको भएपनि दुबै पक्ष एकै ठाउँमा बस्न नमान्दा बैठक बस्न नसकेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै