Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको थलीमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

०५ जेठ , काठमाडौं । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरियाली नगरमा आज बिहान ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाडौं थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ४ ख ५००५ नम्बरको पानी ट्याङ्करले आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्याङ्कर सहित चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै