Comments Add Comment

Advertisment

SKIP THIS

बाह्रबोरको बन्दुक सहित पक्राउ

रौतहट, गरुडा नगरपालिका-१ बस्ने ४२ वर्षीय जयमंगल महतोलाई बाह्रबोरको बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त नगरपालिका-१ जयनगरस्थित आफ्नो घर अगाडि बन्दुक पडकाउँदा सोही नगरपालिका-१ जयनगर बस्ने शेख समसैदको छोरा १० वर्षीय मजसिर शेख समेत ३ जनालाई छर्रा लागि घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेहरूको स्थानीय संजिवनी अस्पताल शिवनगर रौतहटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै