Comments Add Comment

Advertisment

SKIP THIS

पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै थापा

०८ जेठ , काठमाडौं । पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् ।

४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् । मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गणेश पौडेलले २ हजार ६४९ मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९२० मतसहित पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ४ हजार ६२९ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै