१४ जेठ , काठमाडौं । १३ वर्षअघि भएको हत्याको घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखाको साविक बोर्लाङ गाविस-७ हटियाका दिलबहादुर दराईको हत्या अभियोगमा भक्तपुर सुडालका ३८ वर्षका कैलाश कार्की पक्राउ परेका हुन् ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोका उपनिर्देशक कमल थापाले जानकारी दिए ।








