Comments Add Comment

Advertisment

SKIP THIS

अब प्रहरीको बढुवा जथाभावी हुँदैन : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

प्रहरीको बढुवा अब जथाभावी नहुने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले बताएका छन् ।

बिहीवार पत्रकारसँगको भेटघाटमा आईजीपी सिंहले अब हुने बढुवा ब्याज मेरिटको आधारमा हुने बताएका छन् ।

‘अब कसैलाई टपक्क टिपेर बढुवा हुँदैन । प्रहरी संगठनमा व्याजमेट त्यतिकै भनिएको होइन,’ आईजीपी सिंहले भने, ‘काबिल अफिसर वरियताक्रमका आधारमा बढुवा हुनेछन् ।’

विगतका दिनमा पहुँचका आधारमा बढुवा हुने गरेकोमा त्यसलाई चिर्नका लागि कसैलाई अन्याय नहुने गरी बढुवा प्रक्रिया अगाडि बढाउने उनले बताए ।

प्रहरीमा राजनीतिक पहुँचका आधारमा सरुवा–बढुवा हुने गरेको छ । पछिल्लो समय प्रहरीमा कामको आधारभन्दा पनि पहुँचका आधारमा बढुवा र सरुवा गरेको भन्ने आरोप लाग्दै लागेको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा गल्ती गरेका प्रहरी अधिकारीलाई कारवाहीको दायरमा ल्याएको आईजीपी सिंहले बताए । स्थानीय तह निर्वाचनका केही छिटफुट घटनाबाहेक अरु सौहार्दरूपमा सम्पन्न भएका आईजीपी सिंहले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै