२१ जेठ , काठमाडौं । जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलमा वार्डेनले बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएको छ।

अभिभावकहरूले विद्यालय घेराउ गर्न पुगेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली विद्यालय पुगेको थियो। वार्डेन रामजी बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप अभिभावकहरुको छ। तर बस्नेत भने फरार भएको र खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।अभिभावकहरु विद्यालयमा आएको खबर पाएपछि प्रहरीले विद्यालयका प्रिन्सिपल र उहाँकी श्रीमतीलाई सोधपुछका लागि ल्याएका छ ।
वार्डेन बस्नेतले तीन जना १२, १३ र १५ वर्षका बालिकामाथि दुर्व्यवहार गरेको मौखिक उजुरी आएको डिएसपी न्यौपानेले बताए। होस्टेलमा बस्ने छात्राहरुलाई वार्डेन बस्नेतले अश्लिल भिडियो देखाउने, संवेदनशील अंगहरूमा छुने लगायतका कार्य गर्ने गरेको आरोप अभिभावकहरुको छ।







