२३ जेठ , काठमाडौं । ट्राफिक प्रहरीले नियम पालनाका लागि सडकमा सक्रियता देखाएपछि सवारीचालक अहिले सजग भएर सवारी चलाउन थालेका छन् ।


ट्राफिक प्रहरीको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । उपत्यकाका ट्राफिक प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले अनुसार आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए । ‘आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना तथा सडक जाम हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेका हौं,’ उनले भने । ट्राफिक महाशाखाले सिसीटिभी, गोप्रो क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ ।









