२५ आषाढ ,काठमाडौ । अमेरिका सरकारले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप आज ९शुक्रबार० नेपाल पठाउँदै छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उद्धृत गर्दै रोयर्टसले जनाएअनुसार नेपालका साथै अमेरिकाले भुटानलाई पनि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति जो बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

अमेरिकाले एशियाली मुलुकहरू फिलिपिन्स, भेतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्यू गिनी र कम्बोडियालाई पनि कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालमा सुरक्षितपूर्वक खोप पुर्‍याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।

अमेरिकाले खोप पठाउँदै गर्दा सरकारी अधिकारीहरूले भने यसबारे पूर्ण जानकारी प्राप्त नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीले खोप आउने मिति भने यकिन नभएको बताए ।