Comments Add Comment

Advertisment

SKIP THIS

पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन समय लाग्ने

२६ जेठ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले गएरातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई तर्फी खुल्न अझै केही समय लाग्ने बताएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

‘अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहेता पनि समस्या आएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन अझै समय लाग्छ ।’

सडक खुलाउन दुई ओटा जेसीबी प्रयोग भइरहेको उनले जनाए ।

पहिरो झरी राती सवा ११ बजेबाट दुई तर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै