Comments Add Comment

Advertisment

SKIP THIS

देउवाले लिए प्रधानमन्त्रीको शपथ

२९ आषाढ ,काठमाडौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । यसअघि, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए ।

पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो । नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा ७६ ९५० अनुसार शपथ खुवाउने सहमति पछि देउवाले शपथ लिएका हुन् ।

शपथ खुवाउँदा ‘सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६९५० अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नु भएको छ,’ भन्ने भाषा प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment