Comments Add Comment

Advertisment

SKIP THIS

ब्राजिलमा पनि भेटियो मङ्कीपक्स

२७ जेठ , काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मङ्कीपक्स भाइरसबाट संक्रमित फेला परेका छन् । ब्राजिलको साओ पाउलो सहरमा एक जनामा मङ्कीपक्स भाइरस पाइएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ ।

यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै