२७ जेठ , काठमाडौं । बाराको कलैयामा ६५ वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका-९ रामपुर टोलका निवासी अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा भेटिएका हुन् ।
साबिक भीआईपी ईंटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


